बिरामीका लागि चाहिने रगत पूर्ण रुपमा नि:शुल्क गर्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको माग

 विदाको दिनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिन सरकारलाई ध्यानाकर्षण
1.0k
Shares

काठमाडौँ, २३ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बिरामीको लागि चाहिने रगत पूर्ण रुपमा निशुल्क गर्न सरकारसंग माग गरेको छ । गत १३ र १४ जेठमा बसेको महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले बिरामीसंग विभिन्न परीक्षण र सेवा शुल्कका नाममा रक्तसञ्चार केन्द्रहरुले शुल्क उठाउँदै आइरहेको भन्दै यस्तो व्यवस्था हटाउन माग गरेको हो ।

बैठकले सबै सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी व्यवस्था गरी चौविसै घण्टा सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले स्वास्थ्यकर्मीहरुलाई सार्वजनिक विदाका दिन, आकस्मिक सेवामा, रात्रीकालिन सेवामा साथै अतिरिक्त समय काम गर्ने कर्मचारीलाई अन्तराष्ट्रिय मापदण्ड र प्रचलन बमोजिम सेवामा खटिएको समयको अतिरिक्त पारिश्रमिक र अन्य सुविधा दिलाउन माग गर्ने समेत निर्णय गरेको छ ।

महासंघका महासचिव डा सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा संगठनका गतिविधिका विषयमा निर्णय गरिएको छ । यस्तै स्वास्थ्यका समसामयिक विषयमा र स्वास्थ्यकर्मीका सवालमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

बैठकले अरु के के निर्णय गर्‍यो ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *