चौबिस घण्टामा थप १४ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त

108
Shares

काठमाडौँ, १९ जेठ ।पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार १ हजार ४१३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र १ हजार १८२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय १ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय जना र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् । भने आईसीयूमा १ जना र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३७ वटा रहेको मन्त्रालयले जनाएको छ

आज थप १ लाख ४३ हजार ५८२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *