थप ९ जनामा कोरोना संक्रमण, ९७ जना सक्रिय संक्रमित

काठमाडौँ, १७ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ८५ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जनामा र ९६२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भएको हो । ।
देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



