परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे

काठमाडौँ, १५ जेठ ।  चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.२ प्रतिशत रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *