परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे

काठमाडौँ, १५ जेठ । चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.२ प्रतिशत रहेको छ ।
।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



