चौबिस घण्टामा २२२६ नमुना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २२६ जनाको नमुना परीक्षण गर्दा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार जारी गरेको बिबरण अनुसार १ हजार ६९६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो । र ५३० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ । त्यसैगरी आईसीयूमा १ जना संक्रमित उपचाररत रहेका छन् । भेन्टीलेटरमा भने उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *