चौबिस घण्टामा ३०३० नमुना परीक्षण गर्दा ११ जना थपिए, १२ जना निको भए
काठमाडौँ, ७ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८१९ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो । र १ हजार २११ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १४८ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com