स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौँ, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीहरुको स्थानीय ग्रेड कार्यान्वयन तथा स्तरवृद्धि पश्चात पनि उक्त स्थानीय ग्रेड रकम भुक्तानी नभएको गुनासो आएको भन्दै सबै महानगरपालिका,उप महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पत्र लेख्दै ग्रेडवृद्धि कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले पत्रमा स्वास्थ्य सेवाका कर्मचारीहरुलाई थप २ ग्रेड दिनु पर्ने व्यवस्था कार्यान्वयन नगरेको भए ऐनको व्यवस्था अनुरुप २ ग्रेड थप गरि उपलब्ध गराउने साथै त्यस्तो ग्रेड समायोजन भई गएका तहमा बहाल रहेसम्म पाउने स्तरवृद्धि भए पश्चात जुन तहमा स्तरवृद्धि भएको हो सो तहको सुरु स्केल मात्र पाउने तर त्यस्तो सुरु स्केल खाइपाइ आएको रकम भन्दा कम भएमा प्रचलित कानून बमोजिम उपलब्ध गराउनु भनेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *