थप ७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

काठमाडौँ, १ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ९२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी भएको हो । र ९६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४२ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.