चौबिस घण्टामा थप ४ जनामा कोरोना संक्रमण, १७३ जना सक्रिय संक्रमित

covid

काठमाडौँ, २९ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ४६३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो । र र ३५४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १ जना र होम आइसोलेसनमा १७२ जना रहेका छन् ।
त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.