प्रदेश अस्पताल सुर्खेतले आईतबारको ओपिडी नरोक्ने

456
Shares

काठमाडौँ, २९ बैशाख । सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पछि धेरै सरकारी अस्पतालमा आइतबार ओपिडी लगायतका सेवाहरु बन्द हुँदैछ । तर कर्णालीको प्रदेश प्रदेश अस्पताल सुर्खेतले भने आइतबारको विदा कार्यान्वयन नगर्ने बताएको छ ।

प्रदेश अस्पताल सुर्खेतले बुधबार विज्ञप्ती जारी गर्दै आइतबारको ओपिडी लगायतका उपचार सेवा निरन्तर चल्ने बताएको हो ।

अस्पतालका प्रवक्ता डा विकास केसीले जारी गरेको विज्ञप्तीमा ‘दुई दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट स्वास्थ्य सेवा लिन आउने गरीब निमुखा बिरामीहरुलाई थप आर्थिक भार पर्नुका साथै समयमा नै सेवा लिन कठिनाई हुने भएकोले १ जेठ देखि पनि ओपिडी लगायत अन्य स्वास्थय सेवा विहान ९ देखि अपरान्ह ४ बजेसम्म यथावत रुपमा सञ्चालन हुने व्यहोरा सम्वन्धित सबैलाई जानकारी गराईन्छ,’ भन्ने उल्लेख छ ।

दुई दिन सरकारी विदा दिने सरकारी निर्णयलाई नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायतका पेशागत संस्थाहरुले भने स्वागत गरेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *