पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पा,२७ वैशाख । पाल्पामा स्थानीय तहको निर्वाचनमा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।

दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन् । माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् ।

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *