नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा हुने

काठमाडौँ, २३ वैशाख । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ (लाइसेन्स) परीक्षा असार, मंसिर र चैतमा लिने भएको छ।

नर्सिङ काउन्सिलले नर्सहरुको लागि लिँदै आइरहेको नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

काउन्सिलले एक सूचना जारी गर्दै असार २५ गते, मंसिर ३ गते र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा लिने जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *