चौबिस घण्टामा थप १७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

काठमाडौँ, २२ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ३७६ जनाको पीसीआर नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको हो । १ हजार ४३५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २१७ रहेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *