यी हुन् लोसपाको चुनावी घोषणा पत्रमा समेटिएका स्वास्थ्यका विषयहरु

108
Shares

काठमाडौँ, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणा पत्रमा हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपतकालीन सेवा सहितको कम्तिमा २५ शय्याको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएको अस्पताललाई आधुनिक बनाइने उल्लेख छ।

वडा र पालिकास्तरका अस्पतालहरुलाई प्रादेशिक र केन्द्रीय अस्पताहरूसँग जोडिने पनि घोषणापत्रमा उल्लेख छ।

सरकारी छात्रवृत्ति र अन्य सामाजिक सहयोगले चिकित्सक भएकाहरूलाई ग्रामीण र दुर दराजका अस्पतालहरूमा अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने लोसपाले घोषणापत्रमा उल्लेख छ।

बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिकका लागि घरमै गएर कम्तिमा महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने र हरेक वडामा कम्तिमा दुईवटा एम्बुलेन्ससहित ग्रामीण एम्बुलेन्स सेवाको विस्तार गरिने लगायतका कुराहरु समेटिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *