जीता बरालको नर्सिङ लाइसेन्स खारेज
काठमाडौँ, १४ बैशाख । नेपाल नर्सिङ परिषदले आफ्नो पूर्व सदस्य समेत रहेकी नर्स जिता बरालको लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै परिषदले उनको नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो ।
परिषदले गत ९ बैशाखमा विज्ञप्ती जारी गर्दै त्यसबेलाका ट्रमा सेन्टरका निमित्त मेसु डा सन्तोष पौडेलले गराएको जानकारी तथा आवश्यक कारवाहीका लागि पठाएको पत्रको आधारमा बोर्ड समक्ष पेश हुँदा जाँचबुझ समिति गठन गरेको र उत्त समितिले नर्सिङ सेवामा आचा आउने कार्य गर्न नहुने भन्ने व्यवसायिक आचार सहिंता उल्लघन गरिएको ठहर गर्दै कारवाही सिफारिस गरेको गत चैत १३ मा बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको उल्लेख छ ।
विसं २०७७ असोज ६ गते जुम्लामा अनसन बसेका डा गोविन्द केसीलाई सरकारले काठमाडाँै ल्याएपछि बराल ट्रमा सेन्टरमा पुगेर हंगामा गरेकी थिईन् । इमरजेन्सीमा छिरेर चिकित्सक तथा नर्सहरुमाथि जाईलाग्ने तथा तोडफोड गर्ने, अश्लिल शब्द बोल्ने लगायतका कार्यहरु गरेकी थिईन ।
सो घटनापछि तत्कालिन मेसु पौडेलले कारवाही गरि पाउँ भन्दै उजुरी दिएका थिए ।
यस्तो छ परिषदको विज्ञप्ती
सम्पर्क इमेल : [email protected]