आज विश्व औलो दिवस :

औलो रोगका लक्षण के हो ? कसरी जोगिने ?

“औलौको भार कम गर्न नयाँ पनमा जोड दिऔं, र जीवन बचाऔं” भन्ने नाराका साथ आज नेपालमा पनि विश्व औलौ दिवस मनाईँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि एक रहेको छ। जसमा सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउनु पर्नेछ । त्यसको लागि सन् २०२२ को अन्तसम्म स्थानीय संक्रमणलाई शून्यमा पुर्‍याई त्यसलाई निरन्तरता दिनु लक्ष्य लिइएको छ ।

के हो औलो रोग ?

सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो।

यसका लक्षणहरु के के छन् ?

  • १० देखि १५ दिनसम्म ज्वरो आउनु
  • टाउको दुख्नु
  • शरीरका भित्रि अंग सुन्निनु
  • जोर्नी दुख्नु
  • शरीरमा रगतको मात्रा कम हुनु
  • थकित महसुस हुनु

औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निशुल्क छ।

औलोबाट बच्ने उपाय

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ। त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाऔ :

  • झुल टाँगेर सुत्ने
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
  • सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
  • लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
  • लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने

लामखुट्टे नियन्त्रण गर्ने उपाय

  • घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने
  • पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
  • गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *