थपिए १८ जना कोरोना संक्रमित, २८२ सक्रिय संक्रमित
काठमाडौँ, ९ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २८२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ६५१ नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज थप २५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]