उपचारकै क्रममा वीर अस्पतालबाट फरार कैदी पक्राउ

काठमाडौँ, ५ बैशाख । उपचारकै क्रममा वीर अस्पतालबाट फरार कैदीलाई प्रहरीले एक साता पछि बुढानीलकण्ठबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावतीका ४५ वर्षीय राजेश तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

जवरजस्ती करणी मुद्धामा केन्द्रीय कारागारमा थुनामा रहेका तिरुवालाई प्रहरीले प्यारालाइसिस भएको भन्दै गत २९ चैतमा वीर अस्पतालमा ल्याएर उपचारका लागि भर्ना गरेको थियो ।

तिरुवा सोही दिन राती साढे ८ बजे अस्पतालबाटै फरार भएका थिए ।

प्रहरीले अनुसन्धानको विविध विधि तथा प्रविधिको प्रयोग गरी खोज तलास गर्दा आज दिउसो सबा १ बजे बुढानीलकण्ठ नगरपालिका १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

तिरुवालाई थप अनुसन्धानका केन्द्रीय कारागार पठाइएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *