नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन

काठमाडौँ, २९ चैत । नौ बुँदे घोषणा पत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सकिएको छ । बबरमहलस्थित कार्की बेङ्क्वेटमा तीन दिने सम्मेलनको समापन गर्नु अघि आज नौ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

उक्त घोषणापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्व गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विभिन्न शैक्षिक संस्थाहरु, बहुपक्षीय निकायहरु, निजी संघसंस्थाह, विज्ञ विद्धान व्यक्तिले सामुहिक रुपमा तयार पारेको उल्लेख गरिएको थियो ।

त्यसअघि  समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले सम्मेलनले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भविस्यमा चाल्नुपर्ने कदमको बारेमा औल्याएको बताए । उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि अनुसन्धानको निकै ठूलो महत्व हुने भन्दै आठौँ शिखर सम्मेलनले अनुसन्धानको क्षेत्रलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्तगरे ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका मानार्थ अध्यक्ष डा मृगेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्र सुधारका लागि अनुसन्धानको विकल्प नहुँने भन्दै राज्य र नीतिगत तहमा लाग्ने सबै निकायले स्वास्थ्य अनुसन्धानको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

परिषदका अध्यक्ष प्राडा गेहनाथ बरालले क्लिनिकल प्राक्टिस देखि नीतिगत सुधारका लागि स्वास्थ्य अनुसन्धानको जरुरी रहेको भन्दै परिषदले त्यसलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले स्वास्थ्यमा अनुसन्धान गर्नेहरुका लागि सम्मेलन महत्वपूर्णरहेको बताए। साथै नीति तथा कार्यक्रम निर्माणका लागि यस सम्मेलनले सहज बनाएको बताए।

सम्मेलनमा कोभिड १९ मानसिक स्वास्थ्य, स्वास्थ्य नीति, नसर्ने रोग, औषधिलगायतका विविध विषयमा प्रस्तुतीकरण रहेको थियो।

सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको प्रस्तुतीकरण रहेको थियो भने ४० वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक र ८७ वटा पोष्टर प्रस्तुती भएको थियो।

यस्तो छ नौ बुँदे काठमाडौँ घोषणापत्र

१.वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण संकलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन संघीय संरचनामा क्षमता अभिबृद्धि गर्ने ।
२. स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उद्योग लगायतका निकायहरुसंग समन्वय गर्ने ।
३.बायोमेडिकल, एपिडेमियोलोजिकल, क्लिनिकल, अनुसन्धानका कार्यहरुलाई विभिन्न सरोकारवाला निकायसंग संयोजन गरी प्र
माणमा आधारित नीति र तर्जुमा गर्ने ।
४. परिस्कृत जनस्वास्थ्य परिणामका लागि बहुआयामिक क्षेत्रसंग समन्वयात्मक गतिविधि संचालन गर्ने ।
५. जलवायु परिवर्तनका लागि सम्भावित खतराहरु, प्राकृतिक विपत्ती र उदयीमान सरुवा रोगहरुको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधिको प्रयोग गर्ने ।
६. नसर्ने रोगहरुको परिवर्तित ढाँचालाई सम्वोधन गर्न प्रारम्भिक रोकथाम, न्युनीकरण, निदान र उपचारलाई प्रवर्द्धन गर्ने।
७. गुणस्तरीय औषधिको उत्पादन प्रवर्द्धन गर्न औषधि उत्पादक निकायहरु र अनुसन्धान संस्था बीचमा पारस्परिक समन्वय गर्ने रणनीति बनाउने ।
८. मातृ शिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्युनिकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउने ।
९.जोखिमयुक्त जनसंख्याको स्वास्थ्य अधिकार संरक्षणका ागि अनुसन्धानका तथ्यांकहरु र नीतिको प्रयोग गरी लैङ्गिक समता र न्याय स्थापित गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *