मानव अंगसहित एमबीबीएसका विद्यार्थी पक्राउ

काठमाडौँ, २९ चैत । बिराटनगरमा मानव अंगसहित एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

भारतको बिहार प्रदेशस्थित पूर्णिया ग्रामपञ्चायतका सिन्हालाई विराटनगर रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए ।

गणपति लामिछानेले पक्राउ परेका सिन्हाबाट १ थान मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरिएको जानकारी दिए ।

बिओपी रानीबाट असई प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। रिक्सामा सवार सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएका थिए।

प्रहरीले उनको साथबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको गणपति लामिछानेले बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *