कोभिड महामारीले स्वास्थ्य अनुसन्धानको महत्व कति रहेछ भन्ने दर्शायो : प्रधानमन्त्री देउवा

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीले स्वास्थ्य क्षेत्रका लागि अनुसन्धानको महत्व कति रहेछ भन्ने उजागर गरेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनलाई पठाएको शुभकामना सन्देशमा उनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा थप क्रियाशिल भएर लाग्न समेत नेपालका स्वास्थ्य बैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

उनले सरकार गुणस्तरीय स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्ने र त्यसबाट प्राप्त तथ्यका आधारमा स्वास्थ्य नीति बनाउने उदेश्यबाट अभिप्रेरित भएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यस विषयमा खेलेको को भूमिका प्रशंसनीय रहेको बताए ।

‘हामी निरोगी नेपाल बनाउने अभियानमा छौँ । यसका लागि सबैले आधुनिक उपचार पद्धतीको विकास संगसंगै आयुर्वेदिक तथा बैकल्पिक उपचार पद्धतीको समेत प्रवर्द्धन गर्नुपर्ने हुन्छ । उक्त कार्यलाई थप प्रभाकारी बनाउन अन्तराष्टिय ज्ञान सीपको समेत आवश्यकता हुन्छ । त्यसका लागि परिषदले आवश्यक भूमिका खेलोस,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन् ।

उनले सम्मेलनबाट प्राप्त निचोड र सुझावले स्वास्थ्यको नयाँ नीति बनाउन सहयोग हुने विश्वास लिएको बताए । प्रधानमन्त्रीले पठाएको सन्देश परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए ।

आइतबार देखि शुरु भएको शिखर सम्मेलनको सोमबार बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले औपचारिक उद्घाटन गरेका छन् ।

उदघाटन समारोहमा विशिष्ठ अतिथिका रुपमा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराई, बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा लगायतको उपस्थिति रहेको छ । सम्मेलन भोलिसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *