लोसपा अध्यक्ष महन्थ ठाकुर अस्वस्थ, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् । पार्टीको कार्याक्रममा सहभागि हुन मंगलबार भैरहवा पुगेका अध्यक्ष ठाकुरलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ ।

चिकित्सकहरूका अनुसार ठाकुरको उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो। ठाकुरको स्मरणमा समेत केही समस्या देखिएको थियो। उनलाई ज्वरो उच्च मात्रामा आएपछि अक्सिजन दिएर हेलिकप्टरमा काठमाडौंँ ल्याइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *