चौबिस घण्टामा ५४७१ परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण, ८६ डिस्चार्ज

104
Shares

काठमाडौँ, १५ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ हजार ४७१ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल मंगलबार जारी गरेको बिबरण अनुसार ४ हजार ३२२ पीसीआर नमुना परीक्षण गर्दा ३० र १ हजार १४९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १२ गरी ४२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा २० र भेन्टीलेटरमा ३ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १९८ रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *