सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर

112
Shares

गण्डकी, १३ चैत । पोखरा वृद्धाश्रमको २५औँ स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै रु दुई लाख मूल्य बराबरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो। सेनाका प्राविधिक सहायक रथी डा भुवनराज कुँवरले शिविरको शुभारम्भ गर्दै सेना नागरिक समाजसँग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताए।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिँदै उनले राज्य र नागरिकलाई पर्ने जस्तोसुकै अप्ठ्यारोमा पनि सेनाले सहयोग गर्दै आएको जानकारी दिए।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताए।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजनभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको बताए। वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवं अपहेलित ५५ ज्येष्ठ नागरिक आवद्ध रहनुभएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिए।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *