विश्व मुख स्वास्थ्य दिवसमा केडीसीको प्रभातफेरी

काठमाडौँ, ६ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आइतबार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल(केडीसी)ले प्रभातफेरीको आयोजना गरेको छ ।

अस्पताल परिसरबाट शुरु भएको प्रभातफेरी गंगवुस्थित बीजी मल सम्म पुगेर फर्किएको थियो । सो अवसरमा विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्य सम्वन्धी सडक नाटक समेत प्रदर्शन गरेका थिए ।

केडीसीका हस्पिटल इन्चार्ज डा प्रतिक्षा श्रेष्ठले आम सर्वसाधारणलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धि गर्ने हेतुले व्यानर सहित प्रभातफेरी गरिएको बताईन् । उनले बीजी मलमा पुगेर दन्त स्वास्थ्यका विद्यार्थीहरुले जनचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरेको जानकारी दिईन् ।

डा श्रेष्ठले दिवसकै अवसरमा केडीसीले एक सातासम्म निशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताईन् । उनले अन्य उपचार तथा परीक्षणमा १० प्रतिशत छुटको व्यवस्था गरिएको समेत जानकारी दिईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *