आज थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौँ, ४ चैत । नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले गत २४ घण्टामा २ हजार ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण भएको जनाएको छ ।
त्यसमा पीसीआर परीक्षणबाट १२ जनामा र एन्टिजेन परीक्षणबाट ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै मन्त्रालयले गत २४ घण्टाको अवधिमा २९२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
मन्त्रालयले गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको उल्लेख गरेको छ ।
कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५० जनाको मृत्यु भएको छ।
हाल देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
सम्पर्क इमेल : [email protected]