नसर्ने रोग सम्वन्धी बृहत कार्यक्रम गर्दै स्वास्थ्य मन्त्रालय

6.0k
Shares

काठमाडौं, २९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैतको दोस्रो साता भित्र नसर्ने रोग सम्बन्धि बृहत कार्यक्रम गर्ने भएको छ । गत २४ माघको मन्त्रिपरिषद बैठकले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१ – २०२५) स्विकृत गरेपछि यसको औपचारिक शुभारम्भ गर्ने योजनाका साथ मन्त्रालयले बृहत कार्यक्रम गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५)लाई मुर्तरुप दिने गरी कार्यक्रम गर्न लागिएको बताईन् । उनले कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत सहभागिता हुनसक्ने बताईन ।

‘यो बृहत कार्यक्रम हो । नसर्ने रोगको विषयमा अव स्वास्थ्य मन्त्रालय मात्रै होइन अरु मन्त्रालय पनि जागरुक हुन जरुरी छ । त्यसैले यो कार्यक्रममा हामी अरु सबै मन्त्रालयलाई पनि बोलाउँदै छौँ । अगामी चैतको ७ देखि १० गतेसम्म यो कार्यक्रम गर्ने योजना छ,’ उनले भनिन् ।

यो कार्य योजना विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको हो । यसअघि यस्तै कार्ययोजना (सन् २०१४ – २०२०) पनि बनाइएको थियो ।

‘खासगरी नेपालमा नसर्ने रोगको अवस्था, यसका रोकथाम तथा नियन्त्रणका उपायहरु के कसरी अवलम्बन गर्ने विषयमा योजना बनाइएको छ ।

नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा ७० प्रतिशत बढी भइसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नसर्ने रोग सम्वन्धी बृहत कार्यक्रम गर्दै स्वास्थ्य मन्त्रालय

Leave a Reply to Bhakta Raj Cancel reply

Your email address will not be published. Required fields are marked *