अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कालिमाटी चोकमा रक्तदान
काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबा कालिमाटी चोकमा विशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिका १३ नम्वर वडाको महिला विकास समिति र नेपाल स्वयंसेवी रक्तदाता समाज कामनपा १३ नम्बर वडाले संयुक्त रुपमा गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले पछिल्लो देशव्यापी रुपमा रक्तदान अभियान अघि बढाएको छ । सोही अभियानलाई सहयोग गर्न मंगलबार कालिमाटीमा रक्तदान आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जनले बताईन ।
रक्तदान कार्यक्रम विहान ९ देखि १२ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुबनारायण मानन्धर, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथि र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित सहभागी थिए ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई सम्मान स्वरूप डोनर र प्रमाणपत्र प्रदान प्रदान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]