नर्भिकको सेवा थप डिजिटलाइज्ड, थपियो क्यूआर कोड

156
Shares

काठमाडौं, २४ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । यो सेवा थपिएपछि अस्पतालबारे जानकारी लिनका लागि वेवसाइटमा गएर स्क्रोल गर्नु पर्ने बाध्यता हटेको नर्भिकले जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट देखि विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयको जानकारी सहज ढंगले हुने बताए ।

उनले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए ।

‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो’ उनले भने, यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *