सुनसरीको भोक्राहामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सुनसरी, १४ फागुन । जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका –४ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविर राखिएको छ ।

खातुन केयर फाउण्डेसन नेपालको आयोजना तथा अयान र अनमोल हेल्थ केयर प्रालिको समन्वयमा निशुल्क स्वास्थ्य शिविर राखिएको हो ।

उक्त शिविरमा काठमाडौँ तथा विराटनगरबाट आएका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

उनीहरुले ५ सय बढी सर्वसाधारणलाई निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलव्ध गराएको शिविरको समन्वयमा खटिएका नेपाली कांग्रेसका युवा नेता डा अबुल हुसैन अन्सारीले बताए । उनले आफ्नो जन्मथलो प्रतिको कर्तव्य सम्झेर शिविरको आयोजना गरेको समेत बताए ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारणलाई डाक्टरको सिफारिस अनुसार निशुल्क औषधि समेत उपलव्ध गराएको डा अबुलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *