एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण
काठमाडौँ, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्रमणमा परेको जानकारी गराएका छन् । उनले आफू आजैबाट आइसोलेसनमा बस्न थालेको जानकारी दिएका छन् ।
हिजो मात्रै एमालेका महासचिव शंकर पोखरेलले उनका परिवारका सदस्यहरुलाई कोरोना पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।
पछिल्लो समय कोरोना संक्रमण तिब्र गतिमा बढ्दा संक्रमणमा विभिन्न राजनीतिक दलका नेताहरु पर्न थालेका छन् ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उनको टीमलाई संक्रमण देखिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



