माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण

144
Shares

काठमाडौं, २४ पुस ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ । श्रेष्ठ आफैले आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत सो जानकारी दिएका हुन् ।

उनले कोभिड १९ जाँचका लागि पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भन्दै आफू होम आइसोलेसनमा बसेको उल्लेख गरेका छन् । उनले १४ दिन होम आइसोलेसनमा रहने भन्दै यसअघि आफूसंग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोरोना संक्रमण भएको खवर सार्वजनिक भइसकेको छ ।

माओवादी केन्द्रीय कार्यालयका कर्मचारी तथा केही वरिष्ठ नेताहरुलाई केही दिन अघि नै कोरोना देखिएको पुष्टि भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *