चौबिस घण्टामा थप २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

88
Shares

काठमाडौँ, १८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २१६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २०९ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार जारी गरेको बिबरण अनुसार ५ हजार ९६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २१३ र १ हजार ६६९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११८ भक्तपुरमा ६ र ललितपुरमा १३ जना गरी उपत्यकामा १३७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेका छन् । आइसीयूमा ८३ जना भेन्टीलेटरमा १९ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *