चौबिस घण्टामा थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

140
Shares

काठमाडौँ, २९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३ सय जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ९ हजार २१२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २५२ र २ हजार ७८२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २८ जनाको गरी कुल ११ हजार ९९४ परीक्षण गर्दा २८० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८९ , भक्तपुरमा ९ र ललितपुरमा २० जना गरी उपत्यकामा ११८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेका छन् । आइसीयूमा ११२ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *