बालबालिकामा देखिएको हात, पैताला तथा मुखको रोग के हो ?

1.2k
Shares

 

काठमाडौँ, २४ मंसिर । १० बर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा आउने स-सना राता बिमिराहरुलाई हात, पैताला, तथा मुखको रोग भनिन्छ। यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन्।

लक्षणहरु :
–  ज्वरो आउनु
– खाना नरुच्नु
– घाँटी दुख्नु
– जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु

यो रोग लागेमा के-के कुराहरुमा ध्यान दिनुपर्छ ?
– बिरामी बच्चालाई धेरै पानी खुवाउने
– नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने
–  पर्याप्त मात्रामा आराम गराउने
–  मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने
– बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने

यो रोग कसरी सर्छ ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।

रोकथामको उपाय
नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो।
सामान्यतया यो रोग एक हप्तमा सञ्चो हुन्छ तर कुनै कठिनाई भएमा तुरुन्तै अस्पताल गई स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

 

(स्राेत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *