‘भागेका’ कन्सलटेण्ट रेडियोलोजिष्टलाई स्वास्थ्यले सोध्यो – ‘तपाँईलाई सेवाबाट किन नहटाउने ?’
काठमाडौँ, २१ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत नगराई साढे तीनवर्ष बढी देखि अनुपस्थित रहेका एक जना कन्सलटेण्ट रेडियोलोजिष्ट (नवौँ तह) लाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले कोशी अस्पताल विराटनगरका पदाधिकार रहेका डा ओमबिजु पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४(१) बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तर्फ सजाय प्रक्रिया अघि बढाएको हो ।
डा पन्त २ वैशाख २०७५ देखि विदा स्वीकृत नगराई अनुपस्थित छन् । मन्त्रालयले कारवाही नगर्नुपर्ने कुनै कारण भए सवुत प्रमाणसहित ७ दिन भित्र स्पष्टीकरण दिन डा पन्तका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



