चौबिस घण्टामा थप २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमणमुक्त

124
Shares

काठमाडौँ, १४ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २५५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २५६ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ३२९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४५ र २ हजार १४० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १० जनाको गरी कुल ६ हजार ४६९ परीक्षण गर्दा २५५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४, भक्तपुरमा ११ र ललितपुरमा २९ जना गरी उपत्यकामा ११४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेका छन् । त्यसैगरी आइसीयूमा ११६र भेन्टीलेटरमा ३३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *