प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

676
Shares

काठमाडौँ, १४ मंसिर । कोभिड १९ पोजेटिभ पछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा परेको छ ।  अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो। कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो।

‘उहाँलाई हिजो भर्ना गरेका हौं । उहाँमा कोभिड निमोनिया देखिएको छ । स्वास्थ्य अवस्था स्थिर छ,’ अस्पतालका प्रवक्ता डा प्रविन नेपालले भने ।

स्वास्थ्यमा असहजता देखा परेपछि प्रधानन्यायधीश जबरा केही दिन देखि बालुवाटारमा रहेको निवासमा बसिरहेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *