जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

80
Shares

जाजरकोट, ९  मंसिर । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ। रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ।

पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ। झण्डै रु ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ। भवन निर्माण ७० प्रतिशत पूरा भएको छ। कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ। प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि सङ्घीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताए। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताए।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *