चौबिस घण्टामा थप ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ, २३ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ७६० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ८९९ जना संक्रमणमुक्त भएका छन् । आज थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ६ हजार १६८ जनाको पीसीआर बिधीबाट र ५ हजार ८६३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ३१ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६३६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ ४९ जना गरी आज कुल ७६०  जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १४५ भक्तपुरमा २५ र ललितपरमा ५७ जना गरी काठमाडौँ उपत्यकामा २२७ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३१७ र भेन्टीलेटरमा ११३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *