चौबिस घण्टामा ८०५ जना कोरोना संक्रमित थपिए, ९११ जना निको भए

172
Shares

काठमाडौँ, २१ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ८०५ जना कोरोना संक्रमित थपिएका छन् । थप ९११ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ७ हजार २६४ जनाको पीसीआर बिधीबाट र ३ हजार ४०८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ६७२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६६७ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १३८ जना गरी आज कुल ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २०७ भक्तपुरमा ३४ र ललितपरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा २९४ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३२९ र भेन्टीलेटरमा ११२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *