बुधबार थप ११५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

140
Shares

 

काठमाडौँ, १३ असोज। बुधबार देशभर १ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन् । थप १ हजार ११३ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ८ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार १० हजार ६५२ जनाको पीसीआर बिधीबाट र ३ हजार ८८९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ५४१ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ८९२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २६५ जना गरी आज कुल १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २६५ भक्तपुरमा २८ र ललितपरमा ४२ जना गरी काठमाडौँ उपत्यकामा ३३५ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४१ लाख ९६ हजार ८२७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९४ हजार १६३ जनमा र ५ लाख ७४ हजार ६२५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९१ हजार १३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७ लाख ६४हजार ८४७ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३५४ र भेन्टीलेटरमा ९९ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा पौडेलले जानकारी गराए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *