वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने

440
Shares

काठमाडौँ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने भएको छ । जण्डिसको वंशानुगत समस्या भएका पुनलाई बुधबार विहान ८ बजे थाईल्याण्ड लगिने भएको हो ।

उनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार हुने बताइएको छ । चार बर्ष अघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

पारिवारिक श्रोतका अनुसार पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ। तीन साता अघि बुटवल तथा रोल्पामा भएको राजनीतिक कार्यक्रममा सहभागि भएका उनमा दुई साता यता स्वास्थ्य समस्या देखिन थालेको हो ।

पछिल्लो पटक उनले सुमेरु अस्पतालमा नियमित जसो फलोअप गराउँदे आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *