९५० रुपैयाँमै पीसीआर विधिबाट कोभिड -१९ जाँच गर्दै ग्लोबल अस्पताल

काठमाडौँ, १० असोज ।  ग्वार्कोस्थित ग्लोबल अस्पतालमा अव ९५० रुपैयाँमै पीसीआर जाँच गर्न पाइने भएको छ । अस्पतालले दशैं तिहार अफर भन्दै सरकारी रेट भन्दा पनि कम शुल्कमा पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्ने घोषणा गरेको हो ।

सरकारले पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्न निजी प्रयोगशालालाई २ हजार रुपैयाँ र सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ शुल्क तोकेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. उज्वल ठाकुरले नेपालीहरुको महान चाड बडा दशैं र तिहार आईरहेको, धेरै सर्वसाधारण शहर छोडी चाडवाड मनाउन गाँउ फर्कदै गरेको अवस्थामा कोभिड १९ को जोखिम कम गर्न मद्धत होस भनेर शुल्क दरमा विशेष कटौती गरेको बताए । उनले यो सुविधा वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पनि लिन सक्ने स्पष्ट पारे ।

डा. ठाकुरले कोभिड भइसकेका व्यक्तिलाइ पोष्टकोभिड ओपिडी पनि निशुल्क गरिएको जानकारी दिए । उनले पीसीआर परीक्षणका लागि प्रयोग हुने रिएजेन्ट युएसएफडीए मान्यता प्राप्त भएको समेत दावी गरे ।

ग्लोबल अस्पताल १०० बेडको स्वीकृति प्राप्त अस्पताल हो । सो अस्पतालले १० बेड भेन्टिलेटर सहितको एनआईसीयू स्थापना गर्ने बताएको छ । डेल्टा भेरियन्टको विगविगी अझै नहटेको र त्यसले स्कुले स साना बालबालिकालाई झनै खतरा पार्न सक्ने भन्दै यस्तो तयारी गरेको बताए ।

नोभाको सेवा पनि अब ग्लोबलबाट

यसैबीच नोभा इन्टरनेशनल ल्यावको सेवा पनि ग्लोबल अस्पतालबाट हुने भएको छ । ग्लोबल र नोभाबीचको सहकार्यमा ती सेवाहरु उपलव्ध हुन लागेको अनुवंशीक रोग विशेषज्ञ डा निलम ठाकुरले बताइन ।

उनले नेपालमै कहि नहुने टेष्टहरु नोभामा हुने भन्दै परीक्षणका लागि भारत जाने झन्झट समेत हटेको बताइन् । नोभाले भ्रुण परीक्षण, एनआईपीटी परीक्षण, स्तन तथा ओभरियन क्यान्सर सम्वन्धी टेष्ट साथै एमनियोसेन्टेसिस लगायतका हुने जानकारी दिईन् ।

किन आवश्यक छ यी टेष्टहरु ?

भ्रुण टेष्ट : यो टेष्ट अन्तरगत भ्रुण आमाको पेटमा राख्नुभन्दा अघि नै भ्रुणको एउटा वा दुईवटा कोशीका लिई अब आउने बच्चामा बंशाणुगत रोग जस्तै डाउन सिन्ड्रोम , टर्नर सिन्ड्रोम छ कि छैन पत्ता लगाएर छैन भन्ने एकीन भएपछि मात्र पूर्ण स्वस्थ भ्रुण आमाको पेटमा राखिन्छ ।

एनआईटीपी : यो टेष्ट अन्तरगत बच्चा बसिसकेको भएपनि आमाको रगतबाट बच्चामा कुनै बंशाणुगत रोग छ कि छैन पत्ता लगाउन सकिन्छ ।

स्तन तथा ओभरियन क्यान्सर सम्वन्धी टेष्ट : यो टेष्ट अन्तरगर्त यदि कसैको परिवारमा स्तन क्यान्सर वा ओभरियन क्यान्सर भएको छ वा पहिला नै मृत्यु भएको छ भने उसको परिवारको सदस्य महिलाहरुले १० बर्ष अगावै आफूलाई भविस्यमा स्तन वा ओभरियन क्यान्सर हुन सक्छ कि सक्दैन भनेर जान्न सक्छ ।

एमनियोसेन्टेसिस (आमाको पेटबाट पानी निकालेर गरिने टेष्ट) : क्यारिओटाइपिङ, हर्मोनल टेष्ट, जस्तै (डबल, ट्रिपल क्वाड) एएमएच तथा सम्पूर्ण बेसिक टेष्टहरु गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *