नेपाल रेडक्रसलाई चिनियाँ रेडक्रसले दियो १ लाख डोज भेरोसेल

172
Shares

काठमाडौँ, ८ असोज । नेपाल रेडक्रस सोसाइटी चीनबाट एक लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल प्राप्त गरेको छ । चिनियाँ रेडक्रसले अनुदान सहयोगमा नेपाल रेडक्रसलाई सो परिमाणमा खोप उपलव्ध गराएको हो ।

नेपाल रेडक्रस र चिनियाँ रेडक्रसबीचको मित्रतालाई थप सुध्रिड गराउन खोप उपलव्ध गराईएको बताइएको छ ।

खोप बोकेर बेइजिङबाट उडेको क्याथवे प्यासिफिक विमान शुक्रबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम अवतरण गरिसकेको छ ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्कीले एक लाख डोज खोप बोकेको विमान काठमाडौँ अवतरण गरिसकेको जानकारी दिएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *