शुक्रबार थप १४७६ जनामा कोरोना संक्रमण, १५५० जना संक्रमणमुक्त

काठमाडौँ, ८ असोज। पछिलो चौबिस घण्टामा देशभर १ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ५५० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १० हजार ५७५ जनाको पीसीआर बिधीबाट र ५ हजार ११५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ६९० जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट १ हजार १०३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३७३ जना गरी आज कुल १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३५६ भक्तपुरमा ३५ र ललितपरमा ७३ जना गरी काठमाडौँ उपत्यकामा ४६४ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३४७ र भेन्टीलेटरमा १०५ जना संक्रमित उपचाररत छन् ।

आज थप ९ जना संक्रमितको निधन भएको छ । यो संगै नेपलमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *