चौबिस घण्टामा १२३९ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौँ, ७ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३२४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १३ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार अनुसार ११ हजार ६२९ जनाको पीसीआर बिधीबाट र ३ हजार ६१४ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार २४३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ९४१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २९८ जना गरी आज कुल १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २४५ भक्तपुरमा ५२ र ललितपरमा १०७ जना गरी काठमाडौँ उपत्यकामा ४०४ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३४० र भेन्टीलेटरमा १११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *