बुधबार १४७८ जना कोरोना संक्रमित थपिए, १६३० जना निको भए

काठमाडौँ, ६ असोज। बुधबार देशभर १ हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ६३० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले आज दिएको जानकारी अनुसार ११ हजार ६६७ जनाको पीसीआर बिधीबाट र २ हजार ८६३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ९३० जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट १ हजार २५१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २२७ जना गरी आज कुल १ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३५५ भक्तपुरमा ५८ र ललितपरमा १५१ जना गरी काठमाडौँ उपत्यकामा ५६४ जना थपिएका छन् ।

यो संगै नेपालमा ४१ लाख २४ जार ५७९ जनाको पीसीआर गर्दा ७ लाख ८८ हजार ८२८ जनामा र ५ लाख ४७ हजार ५९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८९ हजार ६०९ जनामा गरी हालसम्म कुल ।। जनामा संक्रमण पुष्टी भएको छ । जसमा ७ लाख ५५ हजार ६३० निको भइसकेका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३३४ र भेन्टीलेटरमा ११९ जना संक्रमित उपचाररत छन् ।

आज थप ६ जना संक्रमितको निधन भएको छ । यो संगै नेपलमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ५९ पुगेको प्रबक्ता डा पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *