पछिल्लो २४ घण्टामा १३३० जना संक्रमित थपिए, १८३० जना निको भए

काठमाडौँ, ५ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ८३० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ९ हजार ६२६ जनाको पीसीआर बिधीबाट र ३ हजार ९९६ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ६२२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट १ हजार ३६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २९४ जना गरी आज कुल १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौँ जिल्लामा २६१ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३३५र भेन्टीलेटरमा १०७ जना संक्रमित उपचाररत छन् ।

आज थप ५ जना संक्रमितको निधन भएको छ । यो संगै नेपलमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *